६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


घट्न थाल्यो कोरोना संक्रमण, २०२ संक्रमित थपिँदा ४६२ निको



१२ भदौं ०७९, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दरमा कमी आएको छ। केही दिनयता संक्रमितको भन्दा निको हुनेको संख्या बढेको छ। पछिल्लो २४ घण्टामा २०२ संक्रमित थपिँदा ४६२ निको भएका छन्। अघिल्लो दिन शनिबार पनि १७३ थपिँदा ३९६ जना निको भएका थिए।

देशभरबाट ३८३३ नमूना परीक्षण गर्दा २०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २०६४ र एन्टिजेनबाट १७६९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १६४ र एन्टिजेनबाट ३८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३३१३ रहेको छ।

 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ६ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।