२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


‘दक्षिण ललितपुरका व्यावसायीलाई कर्जा मार्गदर्शनले छुदैन’




ललितपुर खबर
१४ भदौं ०७९, चापागाँउ । दक्षिण ललितपुरमा व्यावसाय गरेर बसेका साना उद्योगी तथा व्यावसायीलाई राष्ट्र बैकले जारी गर्न लागेको कर्जासम्बन्धि मार्ग दर्शन २०७९ले कुनै असर गर्ने राष्ट्र बैंकका निर्देशक मुक्ति सापकोटाले बताएका छन् ।
गोदावरी चेम्बर अफ कर्मसले सोमबार चापागाँउमा आयोजना गरेको अन्र्तक्रियामा निर्देशक सापकोटाले ५० लाखभन्दा ठूलो पूँजीमा मात्रै यो मार्गदर्शन लागू हुने हुँदा साना व्यावसायीहरु त्रसित हुनु नपर्ने बताएका हुन् ।
संघका अध्यक्ष जगन्नाथ महर्जनले सबै व्यावसायी मिलेर अघि बढे मात्रै नियमक निकाय राष्ट्रसँग आफ्ना समस्या राख्न र गलत नियम लगाएर उद्यम गर्न कठिनाई परिरहेको अवस्थामा सुधार गराउन सकिने बताए । उनले भने, ‘हाम्रो व्यावसाय बचेमात्रै बैंक र नियमक निकाय राष्ट्र बैंक रहन्छ । राष्ट्र बैंकले उद्योग व्यावसायको हितमा काम गर्ने गरि नियम ल्याउन हामी आग्रह गछौं ।’ उनले दक्षिण ललितपुर उद्यम व्यावसायको क्षेत्रमा पछाडि परेको सन्दर्भमा यहाँ रहेका बैंकका शाखाहरुले लगानी गर्न नसक्ने अवस्था श्रृजना हुदा यहाँको विकाशमा बाधा श्रृजना हुने भन्दै चिन्ता व्यक्त गरे ।
नेपाल इन्भेष्टमेन्ट बैंककी एसएमई प्रमुख नियन्दा कोइरालाले राष्ट्र बैंकले ल्याएको नयाँ नियम नयाँ नभएको बताइन् । उनले भनिन्, कुनै कुनै नयाँ छन् । बाँकी हामीले सधै लागू गरिरहेकै कुरा हो । ऋणीको ऋण तिर्ने क्षमता र कार्यदक्षतामा घटबढ हुनासाथ हामीले ऋण लगानीमा कसिलो र खुकुलो गरि नै रहेका हुन्छौं ।
अडिटस एशोसियसन ललितपुरका अध्यक्ष विश्वदेव श्रेष्ठले लेखा प्रणाली सुधार नगरे अव व्यावसायी समस्यामा पर्ने बताए । ‘अव अन्र्तराष्ट्रिय स्तरको लेखा प्रणाली नेपालमा पनि लागू हुन्छ । सबै सचेत हुनु जरुरी छ’उनले भने ।
हिरा टेक्टायलका उमेश लाखेले कोरोना माहामारीपछि उद्योग व्यावसाय अप्ठ्यारोमा परेको अवस्थामा राष्ट्रले ऋणमा कस्दै लैजाँदा व्यावसाय पुर्नउत्थानमा सहयोग नपुग्ने बताए ।
व्यावसायी प्रमोद चालिसेले राष्ट्रको नयाँ नीतिले व्यावसायीहरुले ऋण लिन नसक्ने र धेरै उद्योगहरु बन्द हुनेतर्फ ध्यानाकर्षण गराए ।
कार्यक्रममा गोदावरी इकोनोमिक फोमका प्रमुख डा रघुविर विष्टले कार्यपत्र प्रस्तुत गर्दै वर्तमान अर्थतन्त्र र बैंकिङ क्षेत्रको अवस्थाबारे प्रकाश पारेका थिए ।

 

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ९ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।