८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पुल्चोक भाटभटेनीले पार्किङको दुरुपयोग गरेर राख्यो गोदाम र जेनेरेटर



गोदाम ।

ललितपुर खबर
१५ भदौं ०७९,ललितपुर । ललितपुरको पुल्चोकस्थित भाटेभटेनी सुपरमार्केटले आफ्नो बेसमेन्ट पार्किङमा जेनेरेटर, रग्यास सिलिण्डरलयागत पसलको गोदाम राखेर सडकमा गाडीहरु पार्किङ बनाएको खुलेको छ ।
सुपरमार्केटको बेसमेन्टमा आधा ठाँउमा ठूला जेनेरेटर र केही ठाँउमा गोदाम बनाएको हो । सुपर मार्केटको रिसेप्सन र पुजाकोठा पनि बेसमेन्टमै रहेको छ ।
यही पार्किङमा कर्मचारीहरुको झोला राख्ने दराज पनि राखिएको छ । पार्किङ प्रयोजनका नगरपालिकाबाट अनुमती लिएर बनाइएको बेसमेन्टलाई यसरी दुरुपयोग गरेपछि सामान किन्न आउने सर्वसाधारण सडकमै गाडी राखेर किनमेल गर्न बाध्य छन् ।
कतिपय समयमा यस ठाँउबाट महानगरले मोटरसाइकल उठाउने समेत गरेको छ ।


सुपर मार्केटमा यिकनमेल गर्न आएका राजु श्रेष्ठले साघुलो ठाँउ भएकाले पार्किङमा धेरैजसो गाडी राख्न नपाइने बताए ।
सुपर मार्केटकी म्यानेजर मंगललक्ष्मी महर्जनले सामान किन्न आउने ग्रहकले नै सडकमा गाडी पार्किङ गर्ने गरेको बताइन् । उनले भनिन्, ‘हामीले नो पार्किङको बोर्ड पनि राखेका छौं । तर धेरैले सडकमा पार्किङ गर्ने गर्छन् । ’
विजुली बत्ती नभएको बेलामा जेरेनेटर आवश्यत्ता पर्ने र अरु ठाँउ नभएकाले जेनेरेटर यही राख्नु परेको उनले बताइन् ।

गोदाममा सामान लैजादै कर्मचारी ।

सुपर मार्केटले प्रवेशद्वारसँगै खाली ठाँउमा विभिन्न स्ट्रिट फुटको पसलहरु राखेको छ । ती ठाँउहरु समेत उपभोग गर्दा बेसमेन्टको पार्किङ स्थलको विकल्प हुन्थ्यो ।
पछिल्लो समय पुल्चोकमा धेरै चल्ने सुपर मार्केटको रुपमा भाटभटेनी रहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १२ : ४३ बजे