१६ भदौं ०७९, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको मूल्य बढाएर पठाएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर आएको छ ।
यस्तै नेपाल आयल निगमका अनुसार खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको छ । नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने कुनै निर्णय गरेको छैन ।
प्रतिक्रिया