१६ भदौं ०७९,काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्यमा फेरि बृद्धि गरेको छ । निगमको विज्ञप्ती अनुसार प्रतिलिटर ६÷६ रुपैयाँ बढाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार (सेप्टेम्बर १) मा भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले यहाँ पनि बढाउने निर्णय गरेको हो । नयाँ मूल्यसूची आज बिहीबार राति १२ बजेदेखि नै लागू हुनेछ ।
नयाँ मूल्यअनुसार अव डिजेल प्रतिलिटर १ सय ७८ र मट्टीतेल १ सय ७८ पर्नेछ ।
नियमले पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ । मूल्य बृछि पछि पनि नियमलाई अझंै घाटा हुने बताइएको छ ।
१६ भाद्र २०७९, बिहिबार
0
Shares
प्रतिक्रिया