ललितपुर खबर
१९ भदौं ०७९, ललितपुर । सहकारीहरुमा अत्याधिक तरलताका कारण समस्या पर्न थालेपछि केही दि नयत सहकारीहरु एकीकरण गर्ने लहर चलेको छ ।
क्ेही दिनअघि ५ सहकारी एकीकरणको सम्झौता भयो । लगत्तै ९ सहकारीको एकीकरण भयो । पछिल्लो खबर अनुसार ११ सहकारी एकीकरण भएको छ ।
एकीकरण सम्झौता गर्ने सहकारीहरुमा काठमाडौंको बालाजु स्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिल स्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था न्युरोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बागबजार स्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।
साथै कलंकी स्थित उषाकिरण बचत तथा ऋण सहकारी संस्था, तारकेश्वर स्थित योजना बहुउद्देश्यीय सहकारी संस्था, हात्तिसार स्थित माउण्ट अपि बचत तथा ऋण सहकारी संस्था, नयाँबानेश्वर स्थित सुर्यदेव बचत तथा ऋण सहकारी संस्था, पिपुल श्रोता बहुउद्देश्यीय सहकारी संस्था, न्युरोड स्थित हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था र न्युरोड कै दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
एकीकरणपछि बन्ने सहकारी संस्थाको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था रहने भएकोे छ । संस्थाको मुख्य कार्यालय न्युरोड रहनेछ भने सञ्चालक समितिमा ११ रहनेछन् ।
सहकारीको अध्यक्षमा अध्यक्षमा नरेन्द्र विष्ट र प्रमुख कार्यकारी अधिकृतमा इन्द्रप्रसाद गेलाल रहन छन् भने ३ जनाको लेखा सुपरिवेक्षण समिति रहनेछ । ११ संस्थाहरुको एकीकरणपछि संस्थाको सेयर पुँजी ५५.५ करोड पुग्दैछ भने ४१ हजार शेयर सदस्य हुनेछन् ।
एकीकरणपछि नयाँ बन्ने सहकारीमा ५ सय १० कर्मचारी रहने हुँदा कर्मचारी व्यवस्थापन समस्याको विषय हुनेछ ।
प्रतिक्रिया