८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कुमारीपाटीको स्टार सहकारी पनि समस्यामा




ललितपुर खबर
२२ भदौं ०७९, ललितपुर । ललितपुरको कुमारीपाटीमा कार्यालय रहेको स्टार बचत तथा ऋण सहकारीले पनि बचतकर्ताको बचत सहज रुपमा फिर्ता नगरेको पाइएको छ ।
गएको भदौं पहिलो सातादेखि सहकारीमा समस्या आएको कारण सहज रुपमा बचत फिर्ता गर्न नसकेको एक कर्मचारीले ललितपुर खबरलाई बताए ।
उनले भने, ‘यहाँका सबैजसो सहकारीमा हाम्रोजस्तै सझिलो तरिकाले बचत फिर्ता गर्न सकेका छैनन् । हामीले पनि हप्ताको एक पल्ट १० हजार मात्रै बचत फिर्ता गरेका छौं ।’ उनका अनुसार हरेक दिन विहान १० बजेबाट पैसा झिक्न सकिन्छ भने १२ बजेपछि पैसा झिक्न पाइदैन । अन्य कारोबार भने ४ बजेसम्म नै खुल्ला हुने गरेको छ ।
कर्मचारीका अनुसार यही दशैसम्म कारोबार सहज हुने सम्भावना छैन । पछिल्लो समय तरलता (पैसाको जोहो)अभावका कारण यो अवस्था आएको हो ।
सहकारीले पैसा फिर्ता गर्न नसकेपछि पैसा डुव्छ कि भन्दै सहकारीमा बचत फिर्ता गर्न आउनेको पछिल्लो समय भीड बढ्न थालेको छ । कर्मचारीले भने, ‘सबैले एकैपल्ट माग्न आउदा हामी दिन सक्दैनौं । हामीले पनि थैलीमा बाँधृर राखेका हुँदैनौं । ऋण लगानी नै गर्ने हो । उठे पछि दिइ हाल्छौं ।’
यो सहकारी आर्थिक वर्ष ६६/६७ आर्थिक बर्षदेखि सञ्चालित छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १० : १५ बजे