२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चुनावको बेला हेलिकप्टर चढेर पार्टीको काममा चितवन आए प्रधानमन्त्री देउवा




२४ भदौं ०७९, चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आउनुभएका छन् ।
नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आएका हुन् ।
बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनी चितवन आएका हुन् । प्रधानमान्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै छन् । यससँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उहाँ काठमाडौँ फर्कने कार्यक्रम छ । उनीसँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन आएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १२ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।