११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


थप १६३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २४३०



२५ भदौं ०७९, काठमाडौं । थप १६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ३७४६ नमूना परीक्षण गर्दा १६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७१८ र एन्टिजेनबाट २०२८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ११२ र एन्टिजेनबाट ५१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप १३० जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २४३० पुगेको छ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ५ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।