१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


फेसबुकमा भुलेर पनि यसो नगर्नुस्




मिसन शर्मा
हामी सबैले फेसबुक चलाउछौं । फेसबुक चलाएर हामीले धेरै फाइदा पनि लिइरहेका छौं । कुरा सामान्य लाग्न पछि सक्छ तर कतिपय ठाँउमा गलत गरिकाले फेसबुक चलाएर हामीले धेरै कुरा गल्ती गरिरहेका हुन्छौं ।
के हो फेसबुक ?
फेसबुकमा हामी बेला बेखत जे पायो त्यही लेखिरहेका हुन्छौं । अनावश्यक लाग्ने फोटो स्टाटस पोष्ट गरिरहेका हुन्छौं । फेसबुक खासमा तपाईको व्यक्तिगत जानकारी दिने एउटा अकाउण्ट हो । यसबाट तपाईबारे धारणा बनाउन सहयोगी हुन्छ ।
पछिल्लो समय फेसबुकमा राखिएका तपाईको प्रोफाइल र सामाग्री हेरेर मानिसहरुले तपाई कस्तो खाले मान्छे हो भन्ने मुल्यांकन गरिरहेका हुन्छन् । त्यसैले फेसबुकलाई तपाईजस्तो नै बनाईराख्न आफूलाई परिस्कृत गर्नुस् ।
फेसबुकमा कस्ता खाले सामाग्री शेयर गर्ने ?
फेसबुकमा तपाईले शेयर गरेको सामाग्री हेरेर आममानिसले तपाईको मुल्यांकन गर्ने गर्दछन् । त्यसैले फेसबुकमा शेयर गर्ने सामाग्रीको बारेमा गम्भिर बन्नुस् । आफूले शेयर गरेको विषय बस्तुले तपाईको बारेमा आम धारणा गलत त बनिरहेको छैन सचेत हुनु होस् ।
सुझाव
तपाईलाई अनुभव नहोला तर फेसबुक भनेको पछिल्लो समय चौतारोमा उभिएको एउटा मान्छेजस्तो भएको छ । फेसबुकमार्फत सबैले तपाईलाई हेरिरहेका छन् । अतः फेसबुकमा शेयर गर्ने सामाग्रीका विषयमा सधै सचेत रहनुस् ।
फेसबुकमा हिंसाका दृश्यहरु श्ेयर नगर्नुस् । रगतले लतपत्तिएको मृत्यु भएको बखत देखिने डरलाग्दा दृश्य तपाईका साथीहरुले हेर्न मन पराउदैनन् । यस्ता डरलाग्दा दृश्यले जो कोहीको मनमा डर त्रास पैदा हुन्छ । यसो गर्दा फेसबुकका तपाईका साथीहरुले राम्रो मान्दैनन ।
धेरै मानिसको फेसबुकमा क्षण क्षणमा स्टाटस शेयर गर्ने बानी हुन्छ । हरेक आधा घण्टा एक घण्टामा आवश्यक अनावश्यक कुराहरु लेख्ने गरिरहेका हुन्छन् । यसो गर्दा फेसबुकमा साथीहरु झर्को मान्छन् । अनि तपाईलाई व्लक गर्ने गर्दछन् । त्यसैले अनावश्यक कुराहरु फेसबुकमा लेख्नु हुँदैन ।
कतिपय फेसबुक चलाउनेहरु आफ्ना साथीहरुलाई घोचपेच गर्न फेसबुकको सहारा लिन्छन् । शंकास्पद र रहस्यमय कुराहरु बारम्बार शेयर गर्छन् । यसो गर्दा एकातिर व्यक्तित्वमा ह्रास आइरहेको हुन्छ भने अर्कोतर्फ आफ्नै साथीहरुलाई मानसिक रुपमा दवाव हुन्छ । र आफ्नै साथीहरुले तफाईको फेसबुकमा उपस्थिती साथीहरुलाई अनावश्यक लाग्न सक्छ ।
फेसबुकमा राजनीतिक सामाजिक विषयमा ज्यादा पक्षधर हुँदै घमण्ड प्रर्दशन गर्दा पनि धेरै साथीहरु फेसबुकबाट टाढा हुन्छन् ।
फेसबुकमा गाली, धम्की आतंक श्रृजना हुने विषयबस्तु फेसबुकमा राख्नु हुदैन । यस्ता सामाग्री राख्दा साइबर क्राइमको मुद्दा लाग्न सक्छ । कतिपय सामाजिक विषयमा फेसबुक मार्फत शेयर गर्दा उजुरी नगर्दा पनि मुद्दा लाग्न सक्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ७ : ४९ बजे