३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुर बचत संघमा रामहरी र नरेन्द्रको प्रतिश्पर्धा




२६ भदौं ०७९, ललितपुर । ललितपुर बचत तथा ऋण सहकारी संघमा रामहरि बजगाई र नरेन्द्र महर्जनबीच प्रतिश्पर्धा हुने टुंगो लागेको छ ।
शनिबार चुनावी प्रक्रियाका लागि भएका उम्मेदवारी दर्तामा हेल्लो सहकारीका बजगाई र पानोरमा सहकारीका महर्जनले उम्मेदवारी दर्ता गराएसँगै प्रतिपर्धा टुंगो लागेको हो ।
सोमबार ललितपुरमा हुने संघको २८ औं साधारणसभाले नेतृत्वको टुंगो लगाउनेछ ।
उम्मेदवारी दर्ता गरोउनेहरुमा उपाध्यक्षतर्फ रत्नाकर सहकारीका करुणारत्न बज्राचार्य, न्हाँकद सहकारीका कर्ण देशार रहेका छन् । पद्मावती सहकारीकी लक्ष्मी शाक्य र थ्याका सहकारीकी उज्ज्वला बज्राचार्य शाक्य छन् ।
सचिवमा लेखापढी सहकारीका श्यामकृष्ण महर्जन,करुणामय सहकारीका राजु ताम्राकार र दर्पण सहकारीका दीपक घिमिरे छन् । कोषाध्यक्षमा नवदुर्गा सहकारीका वसन्त माली र वसुवर्ण सहकारीका विभुशोन शाक्यको उम्मेदवारी परेको छ ।
यद्यपी आज आइतबार दिउँसोसम्म उम्मेदवारी फिर्ता लिने समय दिएकोले सर्वसम्मत नेतृत्व टुंगो लाग्न सक्ने सम्भावना भने अझैं टरेको छैन । पछिल्लो समय सहकारीमा तरलता समस्यका कारण निक्षेकर्ताको बचत फिर्ता नगर्दा समस्या श्रृजना भइरहेको सन्दर्भमा मिलेर नेतृत्व टुंगो लगाउदै समस्यासँग लड्नु पर्ने आवाज सहकारीबृत्तमा उठेको छ ।

 

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ९ : ५८ बजे