४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ



काठमाडौं, भदौ २८ गते ।पोखरा महानगरपालिका–७ पर्यटक बसपार्कस्थित २३ वर्षीय रेशम सुबेदीको सदाबहार रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ६ सय २० रूपैयाँ र ५२ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  १ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।