४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज अन्ठाउन्नौँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै



२९ साउन ०७९, काठमाडौं  ।आज अन्ठाउन्नौँ राष्ट्रिय बाल दिवस ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ८ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।