३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


असोजदेखि निक्षेपको व्याजदर बढ्ने



३० भदौं ०७९,काठमाडौं । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए)ले ब्याजदर खुला छाड्ने निर्णय गरेको छ । बिहीबार बसेको संघको बैठकले लामो समयदेखि स्थीर रहेको बैंकको ब्याजदर असोज महिनामा भने खुला छोड्ने निर्णय गरेको हो ।

संघका उपाध्यक्ष सुनिल केसीले अहिले तरलताको अभाव कायमै रहेको अवस्थामा नेपाल राष्ट्र बैंकको नीतिभित्र रहेर ब्याजदरमा खुला नीति अवलम्बन गरेको बताए ।

योसँगै अब बैंकहरुलाई असोजमा ब्याजदर बढाउने बाटो खुला भएको छ । अब बैंकहरुले यसअघि प्रकाशन गरेको ब्याजदरको औषतमा १० प्रतिशतले मात्र परिवर्तन गरि ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था छ ।

हाल बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत तर्फ ११.१३ तथा संस्थागत तर्फ ९.१३ प्रतिशत दिइरहेका छन् । अब यसमा १० प्रतिशत बढाउँदा व्यक्तिगतको १२.१३ प्रतिशत र संस्थागततर्फ करिव ९.१३ प्रतिशत ब्याजदर हुन सक्छ ।

नेपाल राष्ट्र बैंकले पनि चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ब्याजदर बढाउने नीति अगाडि सारेको थियो ।  राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई १.५ प्रतिशतले वृद्धि गरी ७ प्रतिशत रहेको बैंकदरलाई साढे ८ प्रतिशत, साढे ५ प्रतिशत रहेको नीतिगत दरलाई ७ प्रतिशत र ४ प्रतिशत रहेको निक्षेप संकलन दरलाई साढे ५ प्रतिशत पुर्‍याएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १ : ४३ बजे