९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


देशभरबाट उत्कृष्ट फोटोपत्रकारहरुको मनोनयन सार्वजनिक




ललितपुर खबर
३ चैत्र ०७९, काठमाडौं । फोटोपत्रकार समूहले देशभरका संचारमाध्यमहरुमा कार्यरत फोटोपत्रकारहरुको उत्कृष्ट सूचि सार्वजनिक गरेको छ ।
संस्थाले आफनो स्थापनाको २५औं वर्षगाँठको अवसरमा राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ वितरणका लागि यो सूचि सार्वजनिक गरेको हो ।
केही समयअघि समूहले आवेदन खुल्ला गरि विभिन्न विधाहरुमा फोटोपत्रकारहरुको फोटो तथा वायोडाटा संकलन गरेको थियो । १४ विधामा वर्ष उत्कृष्ट फोटोपत्रकारको विधागत ५ जना मनोनयनमा पर्न सफल भएको समूहले बताएको छ ।
मनोनयनमा पर्ने उत्कृष्ट ५ मध्यवाट प्रत्येक विधामा १ जनालाई उत्कृष्ट फोटोपत्रकारिता अवार्ड २०२२ वाट यही २०७९ साल असोज ६ गते सस्थाको २५औं वार्षिकोत्सव समारोह आयोजना गरी अवार्ड वितरण गर्दै छ ।
फोटोपत्रकारितालाइ जीवनभर पेशाको रुपमा अंङगालेर हाल निवृत्त जीवन व्यतिथ गरिरहेका अग्रज सस्थापक सदस्यहरुलगायत २५ जना वरिष्ठ फोटोपत्रकारहरुलाई विशेष सम्मान गर्न लागिएको जानकारी संस्थाका अध्यक्ष प्रदिपराज वन्तले ललितपुर खबरलाई बताएका छन् । उनका अनुसार देशभरका सातै प्रदेशबाट समेत उत्कृष्ट फोटोपत्रकारहरु छनौट गरेर पुरस्कृत गरिनेछ । अवार्डका विधाहरु २०२२ को लागि उत्कृट पाँच मनोनयनमा पर्न सफल सहभागी यस प्रकार छन् ।
नेपाल टेलीकम दैनिक जीवन फोटो पत्रकारिता विधा २०२२ का लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरुमा अनन्ता भण्डारी,मनिस अर्याल,नविनवावु गुरुङ,प्रेम थापा र सुनील शर्मा रहेका छन् ।
खेलकुद फोटोपत्रकारीता विधामा् फोटोपत्रकारहरु विक्रम कुमार बाँनीया,हरिस सिंह नगाल, प्रेम थापा, एसके सर्मा, सरोज चाम्लीङ छन् ।
पञ्चकन्या समूह महिला फोटोपत्रकारिता विधामाअनन्ता भण्डारी, प्रतिक्षा काफ्ले, राधिका कडेल, रमिता छुजु र सरिता श्रेष्ठ रहेका छन् ।
पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधामा अन्नता मण्डारी, हरि मर्हजन, मनोज पौडेल, मनोज रत्न शाही र सागर वस्नेत छन् ।
ग्लोवल आईएमइ बैक आर्थिक फोटोपत्रकारिता विधामा फोटोपत्रकारहरु अशोक दुलाल, गगन अर्याल, मनोज पौडेल, नविनवावु गुरुङ र प्रदिपकुमार श्रेष्ठ छनौट रहेका छन् ।
राजनैतिक फोटोपत्रकारिता विधाम गगन अर्याल, हरिससिंह नगाल, नविनवावु गुरुङ, मनिस अर्याल र सागर बस्नेत छनौट भएका छन् ।
कृषि विकास बैंक स्वतन्त्र फोटोपत्रकारिता विधामा अम्विर तोलङ्गे, दिपेन्द्र मर्हजन, दुर्गाप्रसाद पौडेल, मनिस पौडेल र प्रताप गुरुङ छनौटमा पर्न सफल भएका छन् ।
प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्डमा प्रदेश १ बाट गगनकुमार यादव, गुरु ढकाल, नेत्रविक्रम विमली, सरद जोसी र सुजन तिमिल्सीना मधेसबाट जियालाल प्रसाद साह, पंकज श्रेष्ठ, राकेश प्रसाद चौधरी, तिवारी यादव र कविता खड्का बागमति प्रदेशबाट अर्जुन श्रेष्ठ, पेमा लामा, राजेन्द्र गजुरेल, सन्तोष श्रेष्ठ, गण्डकी प्रदेशबाट खिम लामिछाने, किरण आचार्य, प्रेम थापा, राधिका कडेल र रजनी लुम्बिनी प्रदेशबाट वासुदेव यादव,विजेश यादव,देवि गुरुङ,मनोज पौडेल र नविन लोचन मगर
कर्णाली प्रदेशबाट वामदेव केसी, वसन्त प्रताप सिंह, हेमन्त केसी, हिक्मत नेपाली र रिजन भण्डारी र सुदुरपश्चिम प्रदेशबाट अविनास चौधरी, विनोद विष्ट, डम्वर बहादुर वोहरा र माधव अवस्थी पर्न सफल हुन भएका छन् ।

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : ४४ बजे