९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


निबन्धकार मुकुन्द शर्माको ‘शब्दशिविर’ लोकार्पण




३ असोज ०७९,काठमाडौं । गितकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धहरूको गद्य सङ्कलन ‘शब्दशिविर’ सार्वजनिक भएको छ । ३१ वर्षअघि देखिएको निबन्धबाट प्रेरित भएर तयार गरेको २५ वटा निबन्धहरूको संग्रह शब्दशिविर सार्वजनिक भएको हो ।
शर्माको पुस्तक सोमबार विमोचन भएको हो । निबन्ध संग्रहको विद्यालयका संस्थापक एवं राज्यमन्त्री उमेश श्रेष्ठले विमोचन गरे । कार्यक्रममा उनले भने, ‘गितकारको रुपमा चिनेको शर्माले निबन्ध संग्रह प्रकाशन गर्दा आफुलाई अत्यन्तै खुसी लागेको छ । ३४ वर्षदेखि निरन्तर विद्यालयको वागडोर सम्हालेका प्रिन्सिपल शर्माको योगदानलाई कसैले बिर्सन हुदैन ।’
उनले अहिलेको अवस्थामा शिक्षामा आमुल परिवर्तनको आवश्यकता रहेको बताए । निबन्धकार शर्माले एक सताब्दी पुरा गरेका वुवा निमानन्द शर्मा र ९५ वर्षिय आमा शोभादेवीको कोख र काखको मेरो जिवनमा प्रेरणा मिलेको र त्यसैको परिणामको कारण निबन्ध संग्रह तयार भएको बताए । २०४७ सालमा मधुपर्कमा पहिलो निबन्ध संग्रह निबन्ध प्रकाशित भएपछि आफुलाई लेखन कार्यमा थप उर्जा मिलेको उनको भनाई थियो ।
‘मलाई आशा छ कि तपाईहरुले , यस्लाई पढेर प्रतिक्रिया र सुझाव दिनुहुनेछ भन्ने आशा लिएको छु’ विमोचन कार्यक्रममा शर्माले भने ।

कार्यक्रममा बोल्दै निबन्धकार एवं समिक्षक मोमिलाले आफ्नो साहित्य यात्रामा निबन्धकार मुकुन्दराज शर्माले गरेको योगदानले थप मलजल भएको बताइन् । उनले भनिन्,‘निबन्ध कृतिमा विषयगत विविधता रहेको छ , क्षणिकी लधु निबन्ध सटिक र प्रखर छ ।’
अर्का निबन्धकार माधव प्रसाद पोखरेलले निबन्धमा श्रीमति र पत्नीलाई गुरु भएको प्रशंग ल्यार्एर धर्मपत्नीको सहयोगलाई मुख्य रुपमा लिएको पाएको बताए ।
‘शर्मासंग निबन्ध लेख्ने शैली रहेछ, पढ्दा गजब लाग्यो, निबन्ध त यस्तो हुनुपर्छ भन्ने लाग्यो‘उनले भने । निबन्धलाई सटिक बनाउने कलाले शर्मालाई उच्च ओहदाका साहित्यकारको रुपमा लिन सकिने धारणा अधिकांशको थियो ।
कार्यक्रममा नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले मुकुन्द शर्माको निबन्ध संग्रहले उहालाई स्थापित साहित्यकार बनाएको बताए । उनले भने,‘म साहित्यको ज्ञाता होइन तर मेरो भाइ मुकुन्दले यसअघि लेखेका सबै गितले चर्चा कमाएको थियो , अब निबन्ध संग्रहले थप उचाइमा पु¥याउनेछ ।’ उनले यो निबन्ध प्रकाशक दिरेकलाल श्रेष्ठको गुरु दक्षिणाको रुपमा रहेको बताए । निबन्धकार एवं साहित्यकार दयाराम श्रेष्ठले यो निबन्धले साहित्य क्षेत्रको उचाइ चुम्न सफल हुने बताए ।

२५ वटा निबन्धको सङ्कलन शब्दशिविर आजबाट देशभर पाइनेछ । २ सय १२ पुष्ठको सो निबन्ध संग्रह आजबाट नेपालभर पाइने भएको छ । पुस्तकको मुल्य ४ सय रहेको प्रकाशकले जनाएको छ। यस सङ्कथनभित्र गुन्द्रुक भिसादेखि विश्रान्ति (क्षणिकी–२)सम्मका बेजोड निबन्धहरूको सङ्कलन छ ।
देश तथा विदेशमा रहँदा आफ्ना अनुभव र अनुभूति शब्दमार्फत पाठकलाई पस्किनु भएको छ । फुर्सदको समय निकालेर उहाँले आफ्ना सिर्जनालाई अन्ततः ‘शब्दशिविर’को आकार बजारमा पाइने भएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : २५ बजे