४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कामै नगरी भुक्तानी गरेपछि…



नयाँ नोट ।

८असोज ०७९, सुर्खेत । सुर्खेतको साविक घुमखहरे गाविस ९ स्थित लामिताले मोटर सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्षलगायतले सरकारी स्रोतबाट प्राप्त भएको रकम हिनामिना गरी काम नै सम्पन्न नभएको आयोजना सकिएको भन्दै नक्कली बिल बनाएर भुक्तानी लिएको पाइएको छ ।
आर्थिक वर्ष २०६४÷६५ देखि आव २०६८÷६९ सम्म आयोजनामा रु चार लाख ३८ हजार पाँच सय बराबरको रकम हिनामिना गरेको पाइएको छ । आयोगले साविक घुमखहरे गाविसका सचिव खड्गबहादुर रोकाया विरुद्ध एक लाख ४८ हजार पाँच सय बराबरको बिगो दावी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
त्यस्तै, सोही गाविसका तत्कालीन सचिव देवीलाल सुनार विरुद्ध रु चार लाख ३८ हजार पाँचसय, तत्कालीन प्राविधिक सहायक खगेन्द्रप्रुाद उपाध्याय विरुद्ध रु चार लाख ३८ हजार पाँच सय र उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर घर्ती विरुद्ध पनि समान बिगो दावी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
यस्तै, आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल विष्णुप्रसाद ढकाल विरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालयले असुल गरेको राजश्व रकम दाखिला नगरी उनीहरूले भ्रष्टाचार गरेको पाइएको छ ।
सेवाग्राहीबाट सङ्कलन गरेको रु १३ लाख ९९ हजार नौ सय ६२ मध्ये रु एक लाख ६२ हजार मात्रै राजश्व खातामा दाखिला गरी रु १२ लाख ३७ हजार नौ सय ६२ बराबरको रकम हिनामिना गरेको पाइएको छ । आयोगले आरोपीलाई बिगो बमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले सप्तरीको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिवनारायण यादव विरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । घाँस विकास कार्यक्रमको पेश्की लिई घाँस खरिद तथा फार्मको सञ्चालकबाट घाँस खरिद गरे वापत घुस लिएको पाइएको छ । घाँस खरिद गरेको भनी रु एक लाख ८० हजार बराबरको सरकारी रकम हिनामिना गरेको आरोपमा यादव विरुद्ध मुद्दा दायर गरिएको आयागले जनाएको छ ।
यस्तै, गुणस्तरहिन निर्माण गरेको अभियोगमा बाँकेको कोहलपुर–४ रोहिणीखोला सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत तीन जना विरुद्ध रु १५ लाख आठ हजार छ सय नौ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ ।
सुर्खेतकै स्म्तिा गाँउपालिका ३ र ४ मा राजकाँडा कोटेश्वर दरबार निर्माणमा गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको अभियोगमा सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल र सहायक वन अधिकृत टेकबहादुर राव विरुद्ध रु ६६ हजार सात सय २२ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको छ । उनीहरुले रु चार लाख ३६ हजार सात सय २२ बराबरको गैरकानूनी भुक्तानी गरेको आरोप लागे पनि रु तीन लाख ७० हजार बराबरको बिल देखाएको आयोगको भनाइ छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्रबहादुर बस्नेत, उपाध्यक्ष धु्रबकुकमार सिंह, सचिव युवराज पोखरेल र कोषाध्यक्ष पदमाकुमारी बुढा विरुद्ध पनि रु ६६ हजार सात सय २२ बराबरको बिगो दावी गर्दै आजै मुद्दा दायर गरिएको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।