३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


अन्तराष्ट्रिय बजारमा नेपाली रुपैयाँ मूल्य घट्यो, बजार भाउ बढ्ने



नयाँ नोट ।

११ असोज ०७९, काठमाडौं । अमेरिकी डलरको भाउ बढेसँगै नेपाली रुपैयाँको अन्तराष्ट्रिय मूल्य घटेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अव एक अमेरिकी डलर किन्न नेपाली १ सय ३० रुपैयाँ ३० पैसा खर्च गर्नु पर्छ ।
विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै डलरको मूल्य उकालो लागेको हो भने नेपाली रुपैयाँको भाउ घटेको हो । डलर बलियो भएसँगै नेपालीसँगै पाकिस्तानी र श्रीलंकाली रुपैयाँ पनि कमजोर भएको छ भने पाउन्ड युरो पनि कमजोर बनेको छ ।
आज दिन युरोपियन युरो एकको खरिदमा १ सय २५ रुपैयाँ ७४ पैसा र बिक्रीमा १ सय २६ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १ सय ३९ रुपैयाँ ८८ पैसा र बिक्रीमा १ सय ४० रुपैयाँ ५२ पैसा रहेको छ ।
नेपाली रुपैयाँ कमजोर भएको कारण विदेशबाट आयात हुने दाल चामलदेखि पेट्रोलको मूल्यसमेत महँगो पर्छ । नेपाली बजारमा विदेश आयातमा सामान खपत हुने हुँदा दशैं तिहारको मुखमा बजार झन् महँगो हुने निश्चित छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ०४ बजे