६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


बलत्कारको आरोपित क्रिकेटर सन्दिप असोज २० गते नेपाल आउने




१५ असोज ०७९, काठमाडौं । एक वालिकाले बलत्कारको आरोप लगाई उजुरी दिएपछि फरार रहेको क्रिकेटर सन्दिप लामिछाने यही २० गते नेपाल आउने भएका छन् ।
सामाजिक सञ्जालमा अंग्रेजी भाषामा लेख्दै क्रिकेटर सन्दिपले आफू ६ अक्टुवरमा नेपाल आउने बताएका छन् । उनले आफू निर्दोष रहेको र सबै आरोप खुल्दै जाने बताएका छन् ।
उनले पोष्ट गरेको स्टाटसको नेपाली अनुवाद :
ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा मेरो गृह देश नेपाल आइपुगेको छु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्नेछु।
म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनी दोहो¥याउँछु। सबै कानून प्रवर्तन निकायहरू र सम्मानित अदालतहरू तिनीहरूको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास गर्दछु र म छिटो भन्दा छिटो न्याय पाउने आशावादी छु।
मेरा प्रिय शुभचिन्तकहरू म निर्दोष छु र मैले तपाईलाई कुनै गल्ती गरेको छैन भनी सबैलाई आश्वासन दिन्छु। मैले भोगेको अप्रिय अवस्थाबाट मुक्त भएँ र आफूलाई निर्दोष र षड्यन्त्रको सिकार साबित गर्नको लागि यो परीक्षाबाट गुज्रन तयार छु । म माथि लगाइएका सबै गलत आरोप समयको अन्तरालमा खुल्दै जानेमा म विश्वस्त छु ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १० : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।