९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


क्रिकेटर संन्दिप लामिछाने त्रिभुवन विमानस्थल आएलगत्तै पक्राउ




२० असार ०७९, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विमानबाट काठमाडौं आइपुगे लगत्तै पक्राउ परेका छन्। उनी कतार एयरलायन्स विमानस्थल मा ओलिएपछि पक्राउ परेका हुन् । अब उनी विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाएने प्रहरीले बताएको छ ।
बलात्कारको आरोप लागेका उनी आज नेपाल आइपुगेका हुन् । सामाजिक सञ्जालबाट उनी बिहान १० बजे त्रिभुवन आउने जनाकारी दिएका थिए ।
‘मैले वाचा गरेअनुसार सम्बन्धित निकायसामु आज आत्मसमर्पण गर्दैछु । म कतार एयरलायन्सको विमानबाट विहान १० बजे काठमाडौं अवतरण गर्दैछु। आत्मसमपर्ण गर्नेबारे मैले लिखितरुपमै प्रहरीलाई जानकारी गराएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए । उनले प्रहरीलाई हरेक पाइलामा सघाउने वाचा गरेका छन् । प्रहरीसामु आत्मसपर्मण गर्दैगर्दा उनले आफ्नोतर्फबाट अधिवक्ता सरोजकृष्ण खनाललाई उक्त प्रक्रियामा सघाउन आग्रहसमेत गरेका छन्।

 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ११ : ३३ बजे