९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


क्रिकेटर संन्दिप लामिछानेले रुमालले हत्कडी छोपेपछि…




२० असार ०७९, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पक्राउ परेलगत्तै आफ्नो हातमा लगाएका हत्कडी रुमालले छोपेर त्रिभुवन विमानस्थलबाट प्रहरीसँगै बाहिरिएका छन् । उनले अनुहारमा कालो मास्क लगाएको अवस्थामा देखिएका थिए ।


उनी कतार एअरको विमानबाट आज काठमाडौं आएर प्रहरीसमक्ष आत्मसर्मपण गर्ने बताएका थिए ।
बलात्कारको आरोप लागेका उनी आज नेपाल आइपुगेका हुन् । ‘मैले वाचा गरेअनुसार सम्बन्धित निकायसामु आज आत्मसमर्पण गर्दैछु । म कतार एयरलायन्सको विमानबाट विहान १० बजे काठमाडौं अवतरण गर्दैछु । आत्मसमपर्ण गर्नेबारे मैले लिखितरुपमै प्रहरीलाई जानकारी गराएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए । उनले प्रहरीलाई हरेक पाइलामा सघाउने वाचा गरेका छन् । प्रहरीसामु आत्मसपर्मण गर्दै गर्दा उनले आफ्नोतर्फबाट अधिवक्ता सरोजकृष्ण खनाललाई उक्त प्रक्रियामा सघाउन आग्रहसमेत गरेका छन् ।

बताल्कारको आरोपमा महानगरिय प्रहरी बृत्त गौशालामा उनीविरुद्ध उजुरी परेको थियो । उनलाई पक्राउपछि  प्रहरी बृत्त गौशाला लगिएको प्रहरीले बताएको छ ।

क्रिकेट खेल्न केन्य पुगेका उनी लामो समयसम्म विदेशमै लुकेर बसेका थिए । प्रहरीले रेडकर्नर नोटिस जारी गरेसँगै उनको व्यापक खोजी गरेको थियो । त्यसपछि सन्दिपले केही दिनपघि विहीबार नेपाल फर्कने र प्रहरीसमक्ष आत्मसर्मपण गर्ने सामाजिक सञ्जालबाट घोषणा गरेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ११ : ५३ बजे