११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वर्षाका कारण हुम्लामा एकै घरका चारसहित पाँचजनाको मृत्यु



२४ असोज ०७९, हुम्ला ।  हुम्लामा अविरल वर्षाका कारण पाँचजनाको ज्यान गएको छ । जिल्लाको चंखेली गाउँपालिका– ६ मेल्छाममा एकै घरका चारजना र ताजाँकोट गाउँपालिका– ४ मा एकजना गरी पाँचजनाको मृत्यु भएको हो।

चंखेली– ६ मा वर्षाका कारण घर भत्किँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। मृत्यु हुनेहरूमा ५६ वर्षीय तुल्सी विक, पाँच वर्षीय वसन्त विक, नौ वर्षीया सुस्मिता विक र सात वर्षीय होइजाली विक रहेका मेल्छाम प्रहरीले जनाएको छ। सोही परिवारका ४२ वर्षीय देउचे विक, उनकी २८ वर्षीया श्रीमती अवकति विक, ११ वर्षीया छोरी निरू विक, १३ वर्षीया ममता विक र एक वर्षका छोरा घाइते भएका प्रहरीले जनाएको छ।

यता, ताजाँकोट– ४ मा वर्षाका कारण बाटोमाथिबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ। खराब मौसमका कारण घटनाको थप विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।