२५ असोज ०७९, काठमाडौ । सुनचाँदीको भाउमा भारी गिरावट देखिएको छ । असोज २५ गते, मंगलबार सुन तोलामा नै एक हजार २०० रुपैयाँले सस्तिएको छ । सुनको भाउ निरन्तर दोश्रो दिन घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुनको भाउ पनि ओरालो लागेर ९३ हजार ५०० रुपैयाँमा खरिद बिक्री हुँदैछ।
सुनको भाउ अघिल्लो कारोबार दिन पनि घटेको थियो । सामेबार सुन तोलामा ८०० रुपैयाँले गिरावट हुँदा प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसरी पछिल्लो दुई दिनमा नै सुन प्रतितोला दुई हजार रुपैयाँले सस्तिएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि मंगलबार ओरालो लागेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । सोमबार पनि चाँदीको मूल्यमा गिरावट देखिएको थियो । हिजो चाँदी तोलामा १५ रुपैयाँले नै सस्तिएर प्रतितोला एक हजार २३० रुपैयाँमा किनबेच भयो ।
२५ आश्विन २०७९, मंगलबार
0
Shares
प्रतिक्रिया