१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, १२ वर्षसम्म जेल सजायकाे माग दावी



१४ कात्तिक ०७९, काठमाडौं । १७ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोप खेप्दै आएका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको छ । पीडित किशोरी १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमेरको भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यही अनुसार अधिकतम सजायको मागदाबी अभियोग पत्रमा गरिएको छ ।

लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेको दुईदिनपछि जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ४ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।