१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


झरुवाराशीमा पत्रकार दाहालको घर नजिकै आगो लगाएर भागेपछि…



प्रतिकात्मक तस्बिर

१७ कात्तिक ०७९, ललितपुर । ललितपुरको गोदावरी १३ झरुवाराशीस्थित पत्रकार सन्तोष दाहालको घर नजिक परालको कुन्युमा एक अज्ञात व्यक्तिले लगो लगाएर फरार भएका छन् ।
भैसीका लागि ल्याई राखेको परालको परालको कुन्युमा आगो देखेपछि छिमेकको सहयोगमा आगो नियन्त्रणमा लिदा सम्भावित दुर्घटनाबाट जोगिएको दाहालले बताए ।
उनले भने, ‘छिमेकीले भैसी बाहिर ल्याएछन् । सबैले पानी लगाएर आगो निभाउदा घर र गोठ जोगियो ।’
आगलागीपछि महानगरिय प्रहरी बृत्त चापागाँउबाट एक टोली पुगेर निरिक्षण गरि फर्केको छ ।
दाहाललाई प्रहरीले उजुरी दर्ता गर्न दिएको सल्लाह अनुसार उनी शुक्रबार उजुरी दिने बताए ।
गोदावरी नगरपालिकामा आगो लगाएर फरार हुने घटना यो पहिलो भने होइन । केही समयअघि झरुवाराशीमै यस्तै घटना घटेको थियो । गउको साल लेले र झरुवाराशीको च्याउ फाममा लागो लगाइदिदा लाखौंको च्याउ नष्ट भएको थियो ।

ललितपुरमा निरन्तर रुपमा यसरी आगो लगाएर फरार रहने धेरै घटना घटेको भए पनि प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेर कानूनी दायरामा ल्याएको छैन ।

पत्रकार सन्तोष दाहाल प्रणामखबर डट कमका लागि लेख्छन् भने उनी नेकपा एमाले निकट प्रेस चौतारी ललितपुरका सहसचिव समेत हुन् । उनी ललितपुरका रुथानीय राजनीतिक र समसामयिक विषयमा लेखिरहेका हुन्छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।