८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर १ मा उम्मेदवार माला लगाएर घरदैलोमा




ललितपुर खबर
२० कात्तिक ०७९, ललितपुर । ललितपुरका उम्मेदवारहरु जित अघि नै माला पहिरिएर जनताको घर दैलोमा भोट माग्न जान थालेका छन् ।

गएको शुक्रबार ललितपुरको गोदामचौरमा नेपाली काँग्रेसका उम्मेदवार उदयशम्सेर राणा सत्रपत्रीको माला लगाएर घुमे । उनीसँगै प्रदेशसभा खका उम्मेदवार मिनकृष्ण महर्जन पनि माला लगाएर हसिलो अनुहार लगाएर द्धर दैलोमा घुमेका थिए ।

उता एमालेका उम्मेदवार नवराज सिलवाल पनि भट्टेडाँडामा शनिबार माला लगाएर घर दैलो कार्यक्रममा सहभागी भए ।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि गत विहीबारदेखि निर्वाचन आयोगले प्रचार अभियानका लागि अनुमती दिएको छ । यो प्रसार कात्तिक १ गते साँझ ५ बजेसम् मगर्न पाइन्छ ।
त्यसपछिको ४८ घण्टा मौनज अवधि सुरु हुन्छ ।

विकाश निर्माणको काम नगरिदिएको भन्दै उनै नेताहरुलाई जनस्तरबाट गुनासो आउने गरे पनि गाँउभरमा भने माला लगाएर स्वागत गर्ने उनीहरुलाई स्वागत गरिएको छ । उनीहरुलाई गाँउघरमा जाँदा स्थानीय कार्यकर्ताले माला लगाइदिने गरेको एक नेताले बताए ।

गाँउघरमा नेताहरु कार्यकर्ताको भीड बोकेर हिड्ने गरेका छन् । उनीहरुका भेला सभामा धेरै कार्यकर्ता र थोरै स्थानीयहरु सहभागी भइरहेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : २२ बजे