८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदावरी रंगशालामा हामीले एक करोडको काम गरेका छौं : चेतनाथ सञ्जेल



२३ कात्तिक ०७९, चापागाँउ । ललितपुर क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार चेतनाथ सञ्जेलले गोदावरी नगरपालिका वडा नम्बर १० मा निर्माणाधिन अन्र्तराष्ट्रियस्तरको गोदावरी रंगशालामा आफ्नो नेतृत्वमा एक करोडको काम भएको बताएका छन् ।

एक चुनावी कार्यक्रममा उनले भने,‘त्यहाँ १ करोड बराबरको काम भइसकेको छ, थप १ करोड हामीले छुट्याए पनि विभिन्न समस्याले काम हुन सकेन । उनले भने, ‘ विपक्षीहरुले त त्यहाँ रंगशाला होइन, ढुङ्गाखानी नै चल्न दिने भनेका थिए , अहिले जब रंगशाला बन्न आट्यो अनि जस लिनका लागि हामीले नै रंगशाला बनाउन लागेको कांग्रेसका नेताहरुले भनिरहेका छन ।

यस कामको श्रेय नेकपा एमालेलाई जानुपर्ने बताएका छन् । २०६६ साल अघिसम्म ढुङ्गाखानी रहेको सो क्षेत्रमा स्थानीयले दुख पाइरहेको बेला एमालेका नेता कार्यकर्ता सहित स्थानीय जनताको साथ सहयोगमा आन्दोलन गरेर ढुङ्गाखानी हटाएको उनले बताए । ‘ढुङ्गाखानी हुँदा वरपरका स्थानीय पिडित थिए, त्यहाँको वातावरण प्रदुषित थियो । सञ्जेलले भने, ‘मेसीन चल्दा ध्वनी प्रदुषण मात्र थिएन खानीको धुलो धुँवाले मानिस प्रभावित थिए । सञ्जेलले सम्बन्धित कार्यालयमा गएर आफूहरु डेलिगेसन गएको समेत स्मरण गरे । पहिले ढुङ्गाखानी रहेको स्थानलाई हामी निर्वाचित भइसकेपछि रंगशालाका रुपमा अगाडी सारेको उनको भनाई छ ।

रंगशाला निर्माणको जग बसाल्ने काम हामीले गरेपनि पछिल्लो समय कांग्रेसका नेताहरुले आफैले गरेको भनेर झुटको खेती गरिरहेको सञ्जेलको आरोप छ । सञ्जेलले आफूहरु निर्वाचित भइसकेपछि रंगशालाको बाँकी रहेको काम पूरा गर्ने प्रतिवद्धता जनाए । ‘ रंगशाला निर्माणलाई अगाडी बढाउन केही डिभिजन वन कार्यालयबाट स्वीकृत लिनुपर्नेछ , त्यो काम हामी गर्छौ । , उनले भने, ‘ डिपीआर अनुसारको १ सय ७२ करोडको लगानीमा हामी रंगशाला निर्माण गर्नेछौँ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १० : १५ बजे