१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


क्रिकेटको नयाँ कप्तान रोहित पौडेल नियुक्त



२६ कात्तिक ०७९, काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ । क्यानले उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको हो । तत्कालिन कप्तान सन्दिप  लामिछानेमाथी नाबालिक बलात्कारको आरोपमा मुद्दा परेसँगै क्यानले उनलाई राष्ट्रिय टोलीसगै कप्तानबाट समेत बर्खास्त गरेको थियो । हाल  सन्दिप पुर्पक्षका लागि केन्द्रिय कारागार सुन्धारामा छन् ।

रोहितले सन् सन् २०१८ अगस्ट तीनमा नेदरल्यान्ड्सविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । रोहितले सन् २०१९ जनवरी ३१ मा युएईविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय ट्वान्टी२० खेलमा डेब्यु गरेका थिए ।

https://www.youtube.com/@lalitkhabar

उनले नेपालबाट १९ एक दिवसीय खेलमा सात सय पाँच रन बनाएका छन् भने १६ ट्वान्टी२० खेलमा दुई सय २० रन जोडेका छन् ।रोहितको कप्तानीमा नेपालले घरेलु मैदानमा युएईविरुद्धको तीन एक दिवसीय शृंखला खेल्नेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।