९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


इंग्ल्याण्डले जित्यो टी-२० विश्वकपको उपाधि



२७  कात्तिक ०७९, काठमाडौं ।  पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले टी–२० विश्वकप २०२२ काे उपाधि जितेकाे छ । आइतबार मेलबर्नमा भएकाे फाइनल खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई पाँच विकेटले हरायाे ।

पाकिस्तानले दिएकाे एक सय ३८ रनकाे लक्ष्य इंग्ल्याण्डले १९ ओभरमा पाँच विकेट गुमाएर भेट्टायाे । बलिङतर्फ पाकिस्तानका हरिस रउफले दुई विकेट लिए ।

यसअघि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रन बनायाे । उसका लागि शन मसुदले ३८ र बाबर आजमले ३२ रन बनाए । बलिङतर्फ इंग्ल्याण्डका साम करनले तीन तथा आदिल रशिद र क्रिस जाेर्डनले दुई/दुई विकेट लिए । याे उपाधिसँगै इंग्ल्याण्डले टी–२० विश्वकपमा उपाधि संख्या दुई पुर्‍याएकाे छ । यसअघि सन् २०१० काे टी–२० विश्वकप फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै इंग्ल्याण्डले उपाधि जितेकाे थियाे ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ५ : ४४ बजे