१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


ग्यास ट्यांक विस्फोट: कम्तीमा ११ जनाको मृत्यु



३ मंसिर ०७९, काठमाडौं । उत्तरी इराकमा ग्यास ट्यांक विस्फोटनमा कम्तमिा ११ जनाको मृत्यु भएको छ । सुलेमानियाहमा बिहीबार साँझ भएको उक्त विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको र १३ जना घाइते भएको सहरका आपतकालीन प्रतिक्रिया प्रमुख समन नादेरले एएफपीलाई बताए । ट्यांकीबाट ग्यास चुहावट भएपछि विस्फोट भएको थियो ।

युद्धले क्षतिग्रस्त इराकका धेरैजसो पूर्वाधार जीर्ण छ भने त्रासदीहरू सामान्य छन् । विशेष गरी यातायात र निर्माण क्षेत्रहरूमा, देश कमजोर रूपमा लागू गरिएको सुरक्षा मापदण्डबाट ग्रस्त छ ।

नादेरले इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको दोस्रो ठूलो सहरमा भत्किएको तीन तले घरको भग्नावशेषमा अझै चार जना फसेको बताए । “हाम्रा टोलीहरू भत्किएको घरमुनि फसेका मानिसहरूलाई उद्धार गर्न १५ घण्टाभन्दा बढी समयदेखि काम गरिरहेका छन्,“ नादेरले भने ।विस्फोटपछिछ झ्यालहरू चर्किनुका साथै नजिकैका भवन काला बनेका छन्।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १० : १३ बजे