२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सुनाकोठीमा देखाइयो बाह्र बर्षे नवदुर्गा नाच (तस्विरहरु)



ललितपुर खबर
१० मंसिर ०७९, ललितपुर । नवदुर्गा भवानीको बाह्र वर्षे जात्राको क्रममा ललितपुरको सुनाकोठीमा नाच देखिइएको छ । शुक्रबार साँझबाट सुरु जात्रा शनिबार दिनभर जारी छ ।
नाचका क्रममा शुक्रबार राती भेडाको बली दिइएको थियो भने शनिबार पञ्चबली दिइएको छ ।


बाह्र बर्षे जात्रामा क्रममा हुने २८ वटा अनुष्ठान मध्ये यो एक हो । गत मंसिर २ र ३ गते ठेचोमा नाच देखाइएको थियो । यसअघि कोज्रागत पूर्णिमाको दिन ठेचोमा सुनाकोठी र ठेचोबासीलाई देशभोज खुवाइएको थियो । फुलपातीको दिन सुनाकोठीमै कुल्पी होम सम्पन्न भइसकेको छ ।


आगामी चैत्रमा साइत निकालेर वाह्र बर्षे जात्रा सम्पन्न गरिनेछ ।

 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ३ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।