२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मुलुकको अर्थतन्त्र संकटमा छैन : अर्थमन्त्री शर्मा



१५ मंसिर ०७९, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् ।  आज आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको छलफलमा उनले कोरोनाको संक्रमणपछि अर्थतन्त्रमा केही समस्या देखिएपनि संकटको अवस्थामा पुगिनसकेको बताएका हुन् ।

अर्थमन्त्री शर्माले अर्थतन्त्रमा संकट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए । अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकांक राम्रो हुँदै गएको समेत दाबी गरे । मिश्रित अर्थतन्त्र एकैपटक संकटमा पुग्ने र उचाइमा पुग्ने सम्भवना नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ४ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।