९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोलरक्षक लिभाकोभिच नायक बन्दा क्रोएसिया क्वाटरफाइलनमा प्रवेश 



२० मंसिर ०७९, काठमाडौं ।  गोलकिपर डोमिचिच लिभाकोभिच नायक बनेको खेलमा जापानलाई पराजित गर्दै क्रोएसिया कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर डोमिचिच लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि सोमबार राति क्रोएसियाले पेनाल्टी सुटआउटमा जापानमाथि ३–१ को जित हासिल गर्याे ।

निर्धारित समय तथा थप गरिएको अतिरिक्त समयमा खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ लिभाकोभिच नायक बने । उनले जापानका तीन खेलाडीको पेनाल्टी बचाएका थिए ।

क्रोएसियाका लागि निकोला भियासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले गोल गरेका थिए । लिभाकोभिचले जापानको तर्फबाट ताकुमी मिनामिना, काउरो मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका तर्फबाट ताकुमा असानोल पेनाल्टी गोल गरेका थिए । यस अघि अल जुनब रंगशालामा जापानले पहिलो हाफमा डाइजान मेइडाको गोलमा अग्रता बनाएको थियो । इभान पेरिसिचको गोल गरेपनि दोस्रो हाफमा खेल बराबरीमा आएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ८ : ३३ बजे