९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


विश्वकप फुटवलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा




२४ मंसिर ०७९, काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।
कतारको दोहास्थित अल थुमा रङ्गशालामा आज भएको क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १–० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा पुगेको हो । मोरक्को सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ । यसअघि क्रोएसिया र अर्जेन्टिना सेमिफाइनलमा पुगिसकेका छन् ।
मोरक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ एन नेसरीले गरेको गोल निर्णायक बन्यो । मोरक्को दोस्रो हाफको अत्तिरिक्त समयमा १० खेलाडीमा सीमित बनेको थियो । अत्तिरिक्त समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेँलो कार्डपछिको रातो कार्ड पाएर मैदान बाहिरिएका थिए ।
मोरक्कोले सेमिफाइनलमा आजै राति १२ः४५ बजे हुने फ्रान्स र इङ्गल्याण्डबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : २५ बजे