१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


मेयर चिरीबाबुको गफ र मेट्रो रेल



मिसन शर्मा
गएको ५ बर्षअघि ललितपुरका मेयर चिरी बाबु महर्जनले ट्राफिक जाम कम गर्ने भन्दै पुल्चोकसम्म फ्लाईओभर बनाउने घोषणा गरे । तर पाँचसम्म बनेन । कार्यकाल समाप्त हुँदै गर्दा प्राविधिक रुपमा सफल नहुने अवस्था आएको भन्दै पञ्छिए ।
पाँच बर्षे पहिलो कार्यकालमा उनले शहरका साँधुरा सडकमा साइकल लेनको चित्र बनाए । साँधुरो त्यो सडकमा साइकल चल्ल मुस्किल थियो । साँधुरो सडकमा साइकल लेन एउटा भद्दा ठट्टा जस्तो देखियो ।
साइकल लेन बनेको केही दिनमै महानगरका सफाइ कर्मचारीले माटो र फोहोर थुपारे । साइकल लेन औपचारिक काम बाहेक केही देखिएन । उनी यो बर्ष थप ३० किलोमिटर लेन बनाउदै छन् ।
एक सार्वजनिक कार्यक्रममा मेयर महर्जनले साइकल लेन बनाएर आफू चर्चित बनेको भन्दै भाषण गरे । अनि काठमाडौंका मेयर बालेन शाहलाई पनि साइकल लेन बनाएर चर्चा बटुल्न सुझाए ।
मेयर महर्जनले भर्खरै काठमाडौं उपत्यकामा चालिस लाख पुगेको र अव मोटरसाइकल बढ्दै जाँदा अव सडक हिड्न नहुने अवस्था आउने भन्दै उपत्यकामा मेट्रो रेल आवश्यक परेको बताएका छन् । उनले महँगो भए पनि मेट्रो रेल आवश्यक परेको बताउन थालेका छन् । उनले काठमाडौं महानगर र अन्य नगरपालिकासँग सहकार्यमा बनाउन सकिने बताएका छन् ।
मेट्रो रेल निर्माणमा मात्रै होइन सञ्चालन खर्च पनि धेरै हुन्छ । काठमाडौंजस्तो निम्न बर्गले प्रयोग गर्ने सार्वजनिक यातयात मेट्रोले धान्न सक्दैन । यहाँ साझा यातयातसमेत घाटा खाएर बन्द भएको थियो ।
ललितपुरका सडक बर्षैभरि धुलाम्मे र हिलाम्मे सडक मर्मत गर्न छोडेर मेयर महर्जन ठूला गफ दिन थालेका छन् ।
उनी सडक सुधार्ने प्रश्नमा त्यो त सडक विभागको काम हो भन्दै पञ्छिन्छन् । तर महानगरको अधिनमा रहेका ८ मिटरभन्दा साँधुरा सडकको खाल्टा नदेखे जस्तो गर्छन् ।
महानगरका सडक चुस्त र दुरुस्त पार्न मेयरले पहल गरेको कुनै पनि घटना अहिलेसम्म सार्वजनिक भएको छैन ।
मेट्रोको गफ दिनुअघि मेयर महर्जनले महानगरको धापाखेल, सुनकोठी, भैसेपाटी नख्खु करिडोर कर्मनासा करिडोर धुलाम्मे र हिलाम्मे सडक मर्मत गर्न पहल गर्दा राम्रो हुन्छ ।
मेयर महर्जनले आफ्नो कार्यकालमा विभिन्न गुठीको अक्षयकोषमा पैसा दिएर खुशी बनाउन लागे । थुप्रै वितरणमुखी बजेट बनाएर महानगरको बजेटमा हालि मुहाली गरेका उनी कार्यकालमा उल्येखनिय विकाशका काम भएनन् । अनि दोश्रो कार्यकाल गठबन्धनको आडमा जिते । अहिले भन्दै छन् मैले ललितपुरमा थुप्रै विकाशका काम गरे अनि जिते ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : ५३ बजे