३ मंसिर ०७९, काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आइतबार बिहान आईपीओ बाँडफाँड गरिएको हो ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ ५१ हजार ५२२ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । यसअनुसार सर्वसाधारण लगानीकर्ताहरुलाई ५ लाख १५ हजार २२० कित्ता सेयर बाँडफाँड गरिएको छ ।
कम्पनीमा कुल १२ लाख ५८ हजार ४२१ वटा आवेदन परेकोमा १२ लाख ०६ हजार ८९९ जनाको हात खाली भएको छ । जुन कुल आवेदकको ९५.९० प्रतिशत हो । आईपीओको कुल आवेदकको ४.०९ प्रतिशत (५१ हजार ५२२ जना) ले मात्र सेयर हात पारेका हुन् ।
कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा निष्काशन गरिएकोमध्ये २७ हजार कित्ता सेयर सामुहिक लगानी कोष र ११ हजार ८० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँड गरिएको छ । कम्पनीले मङ्सिर २१ गतेदेखि मङ्सिर २६ गतेसम्म सर्ससाधारणबाट ५ लाख १५ हजार २२० कित्ता आईपीओ निष्काशन गरेको थियो ।आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड रूपैयाँ पुगेको छ ।
प्रतिक्रिया