९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


अर्जेन्टिना बन्यो विश्वकप फुटवलको विजेता




३ पुस ०७९,दोहा । अर्जेन्टिनाले विश्वकप फुटवलको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३६ वर्षपछि फिफा विश्वकपको उपाधि जितेको छ । आइतबार राति कतारको दोहास्थित लुसेल रंगशालामा भएको फाइनल खेलमा दुवैतर्फ बराबरी दुई दुई गोल भएपछि ३० मिनेटको अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा दुवै तर्फबाट बराबरी एक एक गोल थपिएसँगै खेल टाई ब्रेकरबाट धकेलिएको थियो ।
पेनाल्टी हाल्ने क्रममा फ्रान्सका किङ्ग्स्ली कोम्यान र औरेलिन चोआमेनी गोल गर्न सकेनन् ।
अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले २३औं पेनाल्टीमार्फत मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थिए । एन्जल डी मारियाले ३६औं मिनेटमा अर्जेन्टिनाका लागि दोश्रो गोल गरे ।
फ्रान्सले पहिलो हाफसम्म गोल गर्न सकेन । किलियान एम्बाप्पेले एक मिनेटको फरकमा लगातार गोल गर्दै बराबरीमा पु¥याए ।
३० मिनेट थपिएको अतिरिक्त समयमा मेसीले थप एक गोल गर्दै तीन गोल बनाए तर फ्रान्सका एम्बाप्पले फेरि बराबरी तीन गोल पु¥याए।
सन् १९७८ मा पहिलो पटक विश्वकप जितेकोे अर्जेन्टिनाको यो तेस्रो उपाधि हो । सन् २०१८ मा क्रोएसियालाई पराजित गरेर विश्वकप उचालेको फ्रान्स उपविजेता बन्दै कतारबाट घर फर्कदैछ ।

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १२ : २७ बजे