८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


लगनखेलको सप्तपाताल पोखरी पुर्नजीवनको काम सुरु (तस्विरहरु)




ललितपुर खबर
४ पुस ०७९, लगनखेल । झण्डै इतिहाँस मेटिएको लगनखेल बटुकभैरव मन्दिर अगाडिको लिच्छविकालीन सप्तपाताल पोखरीको पुर्नजीवन दिने काम धमाधम सुरु भइरहेको छ ।


पोखरीको पुर्ननिर्माण २०६६असार १ मा सप्तपाताल पुनर्निर्माण उपभोक्ता समिति गठन गरी सुरु गर्ने तरखर गरी समिति र तत्कालीन उपमहानगरबीच योजना सञ्चालन सम्झौता भयो । तर नमूना मच्छिन्द्र स्कूलले पोखरी बनाउन रोक्न आदेश माग गर्दै पुनरावेदन अदालत पाटनमा रिट दर्ता गरे पछि रोकिएको थियो । मुद्दा सर्वोच्चमा पुगेपछि लामो समय रोकियो ।
अन्तमा २०७६ असार २३ मा सर्वोच्चले पोखरीको पक्षमा फैसला गरेसँगै महानगरले पोखरी निर्माण सुरु गरेको हो ।


ललितपुर महानगरपालिकाले पोखरीको पुनर्निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर काम सुरु गरेको थियो । पोखरीविज्ञ पद्मसुन्दर जोशी, आकाशेपानीविज्ञ प्रकाश अमात्य, पुष्पमान अमात्य, सुरेन्द्र श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठलगायतको टोलीले डीपीआर तयार पारेको हुन् ।


नमुना मच्छिन्द्र स्कुलले मिचेर बनाएका भत्काउने तयारी छ । महानगरले पोखरी पुनर्निर्माण गर्न ४ करोड रुपैयाँ बजेटसमेत छुट्याएको छ ।


पोखरी निर्माणको क्रममा नेपाली सेनाल उपभोग गरेकोे राजदल गण जग्गामा पर्खाल लगाइएको छ भने अशोका स्तुपा वरपर बाटो बनाउन थालिएको छ ।

 

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १० : ०० बजे