११ पुस ०७९, काठमाडौं । गम्भिर अवस्थाका बिरामीको उपचारका क्रममा प्रयोग हुने पाराहिम ब्रान्डमा रहेको स्लाइनमार्फत दिइने पारासिटामोल गुणस्तरहीन पाइएको छ । धनुषामा रहेको लोमस प्यारेन्टियल एण्ड फर्मुलेसनले उत्पादन गरेको १ सय एमएलको एक हजार एमजीको पारासिटामोल गुणस्तरहीन पाइएको हो ।
उच्च ज्वरोको अवस्था तथा शल्यक्रियापश्चात् बिरामीका लागि यो औषधि प्रयोग हुन्छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परिक्षण गर्दा न्यून गुणस्तरको भएको पाइएकाले सो औषधिको बिक्री वितरणमा रोक लगाएको छ ।
जनवरी २०२२ मा उत्पादित ती औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र सो को जानकारी औषधि विभागमा गराउन विभागले सार्वजनिक सूचना जारी गरेको छ । विभागले सो औषधि प्रयोग नगर्न आग्रह गरेपनि गुणस्तरहीन औषधि उत्पादन गर्ने कम्पनीलाई हुने थप कारबाहीबारे भने खुलाएको छैन ।
प्रतिक्रिया