१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा बनेको खोकीको औषधि खाँदा उज्बेकिस्तानमा १८ बालबालिकाको निधन



एजेन्सी । उज्बेकिस्तानले भारतमा बनेको खोकीको झोल औषधि खाँदा १८ बालबालिकाको निधन भएको बताएका छन् । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले नोएडाको कम्पनी मेरियन बायोटेकले बनाएको झोल औषधि ‘डक–१ म्याक्स’ खाएका १८ जना बालबालिकाको ज्यान गएको दाबी गरेको हो ।

यो औषधिमा परीक्षणका क्रममा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको पनि त्यहाँको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ । यस्तै, ती बालबालिकाले डाक्टरको प्रेसक्रिप्सन एवं सल्लाह बिना नै अधिक मात्रामा औषधि खाएको पनि उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकाको ज्यान गएको घटनाको छानबिन र अनुसन्धानका लागि उज्बेकिस्तानलाई सहयोग गर्ने जनाएको छ । यसअघि भारतमा बनाइएको खोकीको औषधि खाँदा अफ्रिकी देश गाम्बियामा ७० जना बालबालिकाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १ : ४३ बजे