९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


विश्व विख्यात महान् फुटबल खेलाडी पेलेको निधन




१५ पुस ०७९, काठमाडौं । ब्राजिलका विश्व विख्यात फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।
केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।
पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले उपाधि जितेको थियो ।
यसैगरी सन् २००० मा पेले फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित भएका थिए । सत्र वर्षको उमेरमा अन्तर्राष्टिय फुटबलमा डेब्यु गरेका पेलेको वास्तविक नाम भने एजिडिसरन एरेन्टस डो नासिमेन्टो हो ।
पेले पछिल्लो समय क्यान्सरबाट पीडित थिए । उनी ब्राजिलको मिनास गेराइसमा सन् १९४० अक्टोबर २३ मा जन्मिएका थिए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : ०० बजे