१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कम्बोडियाको क्यासिनोमा आगलागीः झापाका निराकार पाण्डेको मृत्यु



 

१५ पुस ०७९, काठमाडौं । कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी भवनमा आगलागी हुँदा झापाका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ । आगलागीमा उनीसहित २४ जनाको मृत्यु भएको छ । बिर्तामोड–१, झापाका पाण्डेले मृत्यु हुनुअघि परिवारका सदस्यसँग भाइबरमार्फत भिडियो कल गरेर आफ्नो अवस्थाबारे जानकारी गराएका थिए ।

भिडियो कलमा आफू उक्त क्यासिनोको १२ औं तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताएका थिए । परिवारले भने त्यसो नगर्न र उद्धारका लागि अपिल गर्न आग्रह गरेका थिए । उनले आफ्नो छोरालाई सम्बोधन गर्दै भनेका थिए, ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु । जहाँ भए पनि, जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु ।’

बिर्तामोडमा रहेका हजुरबुबा–हजुरआमा र मामाघरतर्फका हजुरबा–हजुरआमालगायतलाई पनि माया गर्न छोरालाई आग्रह गर्दै उनले भनेका छन्, ‘मामुलाई धेरै माया गर्नू, अग्नि बुवा, लीला मामुलाई माया गर्नू है । लमजुङको बुबा–मामुलाई माया गर्नू । सबैभन्दा ठूलो कुरा– राम्रो मान्छे बन्नुपर्छ है छोरा ।’ पाण्डेको शव नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको छ ।

 

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ४ : ५६ बजे