ललितपुर खबर, काठमाडौं
पुस २४ । नेपाली रजतपटमा धेरै नायिका आए अनि गए । केही नायिका चलचित्र नगरीमा सदावाहार नायिकाको रुपमा स्थापित भइरहेका छन् । अपवाद रहेकी नायिका बेला बेलामा चलचित्र क्षेत्रमा उदाउछिन् अनि अस्ताउछिन् ।
नायिका थापा सडक आन्दोलनका क्रममा सडकमै पुगेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग नाचेपछि राजनीतिक तरंग ल्याइन् । हिरो, हिक्मतवाली र रामप्यारीलगायत थुप्रै सफल चलचित्रकी नायिका २०६८ सालमा नेकपा माओवादीमा औपचारिक रुपमै प्रवेश गरिन् ।
नेकपा माओवादीमा भनेजस्तो भूमिका नपाएपछि उनी २०७३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् । त्यसपछि उनी राजनीतिमा फड्को मार्न थालिेकी छिन् । उनी राप्रपामा केन्द्रिय सदस्य बनेर अघि बढिन् । उनी गतसंसद निर्वाचनमा मोरंगबाट राप्रपाबाट उम्मेदवार बनिन् । तर उनी पराजित भइन् ।
तर नायिका थापा झन् सशक्त बनेर राजनीतिमा उत्रने छनक दिएकी छिन् । पराजययता उनी जनस्तरमा घुलमिल हुन थालेकी छिन् ।
उनी राप्रपाको महामन्त्री पदमा उम्मेदवारी दिएर आफ्नो हिम्मतको परिक्षा दिएकी थिइन् । भनै उनी पराजित भइन् ।
चलचित्रमा उनको भूमिका पनि सशक्त देखिन्छ । उनले व्यक्तिगत जीवनमा समेत चलचित्र निर्देशक छवि ओझसँग सम्बन्ध विच्छेद गर्ने क्रान्तिकारी निर्णय लिइन् । उनले वलराम शाहीसँग भर्खरै विवाह गरेकी छिन् ।
प्रतिक्रिया