१६ कार्तिक २०८१, शुक्रबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


विष्टको वृत्तचित्र ‘म अलप हुन चाहन्छु’ देखाइने




काठमाडौं
२६ पुस । ‘मुभी लभर्स स्क्रिनिङ’मा यसपालि डोरबहादुर विष्टको जीवनमाथि आधारित वृत्तचित्र ‘म अलप हुन चाहन्छु’ प्रदर्शन हुने भएको छ । सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित यो वृत्तचित्रले डोरबहादुर विष्टको जीवन यात्रा समेटेको छ ।
मानवशास्त्री तथा विचारक डोरबहादुर विष्टको जीवन उतारचढावले भरिपूर्ण थियो । मानवशास्त्रमा उल्लेखनीय भूमिका खेलेका विष्टका थुप्रै किताब र रिसर्चहरू प्रकाशित छन् । प्राज्ञिक व्यक्तित्व विष्टलाई ‘नेपाली मानवशास्त्रका पिता’ भनेर पनि कतिपयले चिन्छन् ।
जुम्लाको चौधाविशा गाउँमा गएर त्यहाँका मानिसको जीवनस्तर उकास्न कटिबद्ध विष्ट सन् १९९५ अचानक गायब भए । रहस्यमयी तरिकाले अलप भएका विष्टसम्बन्धी धेरै छन् । उनको व्यापक खोजी भयो तर अहिलेसम्म उनलाई कसैले फेला पार्न सकेको छैन । उनी हराए पनि उनी जुम्लावासीको मनमा अझै छन् । जुम्लाका मानिस अहिले पनि उनलाई सम्झेर भावुक हुन्छन् । विष्टजस्ता बौद्धिक व्यक्तित्वको अभाव समाजले भोगिरहने निश्चित छ ।
उनको प्रसिद्ध तथा विवादित किताबले नेपाली समाजमा बहस नै निम्त्यायो । कसरी भाग्यवादले नेपाली समाजलाई पछाडि घिसारिरहेको छ भन्ने उनका तर्कहरूमा धेरै सहमति र विमति पनि देखिए । उनका अन्य किताबहरूमा पिपुल अफ नेपाली, ‘सोताला’, रिपोर्ट अफ ह्लासा ‘डोरबहादुर विष्टका कथाहरू’ छन् ।
यो वृत्तचित्रले ऐतिहासिक महत्व बोकेको बताइएको छ । विष्टजस्ता महत्त्वपूर्ण व्यक्तिबारे सबैले थाहा पाउनुपर्छ भन्ने अभिप्रायले यो बृत्तचित्र सार्वजनिक हुन लागेको हो ।
यो वृत्तचित्रको प्राज्ञिक महत्त्व पनि त्यत्तिकै छ । विश्वविद्यालयका किताबहरू उनका थ्योरी पढेकाहरूका लागि त यो वृत्तचित्रले अझ विशेष अर्थ राख्छ । नयाँ पुस्तामाझ पनि यो रोचक सामग्री हुन सक्छ । यसै पनि नेपालमा वृतचित्रहरूको खडेरी छ । सिनेमाको महत्त्वपूर्ण विधाका रूपमा रहे पनि नेपालमा वृत्तचित्र त्यति फैलिन सकेको छैन ।
आउँदो माघ ५ गते काठमाडौं सुन्धारास्थित सिटिसी मलको सिडिसि सिनेमामा यो बृत्तचित्र देखाइदैछ ।

 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ११ : ३९ बजे