काठमाडौं
५ माघ । राजधानीमा रारा म्युजिक अवार्ड वितरण गरिएको छ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन गरिएको रारा राष्ट्रिय म्यूजिक अवार्ड २०७९सम्पन्न भएको हो । समारोहमा नेपाली गीत संगीतमा विशिष्ट योगदान पु¥याएका स्रष्टाहरूलाई सम्मानित गरिएको थियो । विशिष्ट सङ्गीतकार÷गायक शम्भुजीत बास्कोटा, मौलिक देउडाका अग्रज गायक÷सङ्गीतकार संस्कृतीविद्व नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ रास्ट्रपतिबाट सम्मानित भएका छन् ।
कर्णाली कलाकार समाज तथा कनका सुन्दारी फिल्मस प्रा.लि.द्वारा आयोजित उक्त कार्यक्रममा विबिध मौलिक प्रस्तुतिहरूको साथै गीत सङ्गीतका ४७ विधाका विजेताहरूलाई अवार्ड प्रदान गरिएको अवार्ड कार्यक्रमका अध्यक्ष पदम रोकायले जानकारी दिए ।
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मौलिक कला संस्कृती र कलाकारहरू प्रती सधैं सम्मान तथा सहयोग रहने बताउदै आयोजकलाई विशेष धन्यवाद दिइन्।
५ माघ २०७९, बिहिबार
0
Shares
प्रतिक्रिया