१६ कार्तिक २०८१, शुक्रबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


आदिवासी जनजाति चलचित्र विशेष सम्मान अपर्ण



८ माघ । विभिन्न विद्यामा अग्रणीहरुलाई आदिवासी जनजाती सम्मान ले सम्मानित गरिएको छ ।
वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामा, सफल चलचित्र निर्देशकको मिलन चाम्स, समाजसेवी तथा गायक पूर्ण लिम्बु र मोडल तथा अभिनेत्री एलिशा राईलाई ‘आदिवासी जनजाति चलचित्र विशेष सम्मान–२०७९’बाट सम्मानित भएका छन् । सम्मानित हुनेहरूले समाजमा गरेको समाजसेवा, चलचित्र र सङ्गीत उद्योगमा पु¥याएको योगदानका मुल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको बताइएको छ ।
बिहीबार सुनसरीको झुम्कामा अवस्थित म्याजिक सिनेमा हलमा आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ ले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त सम्मान गरिएको हो ।
यस्तै नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुणकुमार प्रधान, म्याजिक सिनेमा हलका सञ्चालक तथा थारु चलचित्र उद्योगका पहिलो नायक पर्शुराम चौधरी, चलचित्र निर्माता तथा निर्देशक लाखमान योन्जन तामाङ, कलाकार तथा समाजसेवी रितेशलंग खत्री लगायतलाई पनि सम्मान गरिएको थियो ।
‘आदिवासी जनजाती चलचित्रको महत्त्व र आवस्यकता सम्बन्धि अन्तरक्रिया, सम्मान कार्यक्रम तथा साधारण सभा’ नाम दिइएको कार्यक्रममा महासंघका प्रदेश १ अध्यक्ष ज्योतिराज राईको सभापतित्व तथा प्रदेश १ संसद इन्द्र आङ्बोको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा आदिवासी जनजातिले आ–आफ्नो झाकी, भाषीक गीतमा नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद अध्यक्ष पुर्खाजीत राई, महासंघका निवर्तमान अध्यक्ष अमृतबहादुर सुनुवार, नेपाल निर्देशक समाजका महासचिव जनकदिप पराजुली, आदिवासी जनजाति महासंघ इटहरी अध्यक्ष चिरहाङ राई, सङ्गीत साधाना इटहरीका महासचिव राजु केसी लगायतका सहभागी थिए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : २६ बजे