काठमाडौं, १२ माघ । सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। गत वर्ष फागुनमा छापावाला सुन प्रतितोला १ लाख ५ हजार उच्च मूल्य कामय भएको थियो। तर अहिले गत वर्षभन्दा उच्च विन्दुमा सुनको मूल्य पुगेको हो।
उच्च विन्दुमा पुगेको सुन बिहीबार १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको हो। बुधबारको तुलनामा छापावाला सुन प्रतितोला ७ सय रुपैयाँ वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जानाकारी गराएको छ।
महासंघका अनुसार तेजावी सुन बिहीबार प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोवार भएको छ। आज चाँदीको मूल्यसमेत वृद्धि भएको महासंघले जनाएको छ। चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया