९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीपलाई टिममा फर्काउनेबारे कानुन अनुसार अगाडी बढ्छौं : अध्यक्ष चन्द



काठमाडौं, १२ माघ । नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोप लागेपछि निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा नेपालको कानुन अनुसार अगाढी बढ्ने बताएको छ।

बिहीबार आयोजित क्यानको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दिपको बारे नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका छन्।

उनले भने, ‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ। अब के गर्ने भनेर हामी छलफलमा छौं।’

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले १० सर्त र २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ५ : ४५ बजे