८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गायक प्रमोद खरेलको कन्सर्टको भीडमा ९ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित



नारायणकुमार राई/रासस

धनकुटा,१४  माघ । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको कन्सर्ट हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ।

अत्यधिक भीडका कारण दर्शकहरू घाइते भएको र  घाइतेहरूको उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए। घाइतेहरूको विवरण र क्षतिबारे सबै जानकारी प्राप्त नभएको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए। शनिबारका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १० : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।