९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


काठमाडौं महानगरका वडाहरुको वित्तीय प्रगति १८.८४ प्रतिशत



काठमाडौं , २२ माघ । काठमाडौँ महानगरपालिकाका वडाहरुबाट चालु आर्थिक बर्षको अघिल्लो ६ महिनामा १८.८४ प्रतिशत वित्तिय प्रगति भएको तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले बताए । अर्ध वार्षिक समीक्षा अवधिमा प्राप्त विवरणका आधारमा प्रगति प्रतिशत तयार पारिएको उनको भनाइ छ ।

धेरै वित्तीय प्रगति गर्नेहरुमा वडा १६, २०, १४, २३ र २६ पहिलो पाँचमा परेका छन् । यी वडाले क्रमशः ५१.६२, ४९.४७, ४२.४, ४१.०५ र ३९.७८ प्रगति हासिल गरेका छन् ।

१० प्रतिशतसम्म प्रगति देखिने ८ वटा वडा छन् । यी वडाहरुमा वडा १७ को ०.७३ प्रतिशत, वडा ३० को २.७६, वडा ११ को ४.५१, वडा १३ को ५.६७, वडा ७ को ५.८७, वडा २२ को ६.८९, वडा १५ को ८.८८, वडा १ को ९.८७ प्रतिशत वित्तिय प्रगति छन् ।

१० प्रतिशतभन्दा धेरै २० प्रतिशतसम्म प्रगति हासिल गर्ने वडाको संख्या १२ वटा छन् । वडा ५ को १०.२५ प्रतिशत, वडा २५ को १०.७३, वडा २७ को ११.९, वडा ३२ को ११.६७, वडा २४ को १३.०४ प्रतिशत वित्तीय प्रगति छ । वडा ८ को १३.३९
प्रतिशत वडा ४ को १४.५५, वडा १२ को १५.४१, वडा २ को १७.९६, वडा ६ को १८.५२, वडा २९ को १८.९५ र वडा १८ को १९.१ प्रगति छ ।

२० प्रतिशतदेखि ३० प्रतिशत वित्तीय प्रगति गर्नेहरुमा ६ वटा वडा छन् । वडा ३१ को २०.८९ प्रतिशत वडा ३ को २१.७५, वडा २१ को २३.९९, वडा २८ को २४.७६ वडा ९ को २५.१४ र वडा १० को २७.८५ को प्रगति छ ।

महानगरको सञ्चित कोषबाट व्यहोर्ने रकम २२ अर्व ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँमध्ये १९ अर्व ६२ करोड ८८ लाख १५ हजार ४३ रुपैयाँ केन्द्रबाट खर्च हुन्छ हो । यसको १५.५४ प्रतिशत वित्तीय प्रगति भएको छ ।

महानगरको कुल बजेट २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँमध्ये ३ अर्व ५ करोड १ लाख ४७ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाबाट प्राप्त हुने आम्दानी हो । यो रकम सञ्चित कोषबाट खर्च हुँदैन ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ३ : ५७ बजे